३१ भाद्र २०८३ बुधबार
image/svg+xml
राजनीति

गणेश कार्की भन्छन्- संसद् यति एआईमय भयो कि, अब कसैले ‘ओई म एआई हुँ रे’ भन्न मात्रै बाँकी छ

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले संसद् अत्यधिक एआईमय बन्दै गएको र सांसदहरूको मौलिक विवेक हराउन थालेको भन्दै असन्तुष्टि जनाएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जनप्रतिनिधिहरू सरकारको समर्थन वा विरोधमा केवल टेबल ढ्यापढ्याप पार्ने भूमिकामा मात्रै सीमित हुन नहुने बताए।

सांसदहरूमा प्रविधिको अन्धनिर्भरता बढेको बताउँदै कार्कीले भने, ‘अहिले संसद् यति एआईमय भएको छ कि, अब संसद्‌मा कसैले ‘ओई म एआई हुँ रे’ भन्न मात्रै बाँकी छ। यो कुरालाई पनि हामीले रोक्नुपर्ने भएको छ।’

प्रकाशित: ३० भाद्र २०८३ १६:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App