१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

दैलेखमा बोलेरो दुर्घटना : सवार ८ मध्ये पाँच जनालाई अस्पताल पठाइयो

दैलेखको भैरवी गाउँपालिका-७ कालगौडा स्थित भित्री सडक खण्डमा आइतबार दिउँसो बोलेरो जीप दुर्घटना हुँदा ८ जना सवार घाइते भएका छन्।

प्रहरीका अनुसार दिउँसो करिब १२ः५५ बजे सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको सु.प. ०१–००१ च ४९६४ नम्बरको डबल क्याप बोलेरो एक्कासी ब्रेक फेल भई सडकबाट करिब ३०० देखि ४०० मिटर तल खसेको हो।

दुर्घटनाग्रस्त सवारीमा ७ पुरुष र १ महिला गरी ८ जना सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका ५ जनालाई जिल्ला अस्पताल दैलेख पठाइएको छ। बाँकी ३ जना घाइतेको उद्धार कार्य समाचार तयार पार्दासम्म जारी रहेको बताइएको छ।

दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०८३ १३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App