१६ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

विराटनगरमा सद्भाव र्‍याली

सुनसरीको देवानगञ्जमा घटनापछि उत्पन्न परिस्थितिमा शान्ति र सद्भाव कायम गर्न विराटनगरमा सद्भाव र्‍याली निकालिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङको अगुवाइमा शुक्रबार विराटनगरमा सद्भाव र्‍याली आयोजना गरिएको हो।

विराटनगरको महेन्द्र चोकबाट सुरु भएको र्‍याली विराटनगरको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर समापन भएको थियो।

यसैबिच शुक्रबार बिहानैदेखि विराटनगरमा युवाहरूले प्रदर्शन जारी राखेका थिए। युवाहरूले टायर बालेर प्रदर्शन गरेपछि शुक्रबार विराटनगर बजार बन्द भएको थियो।

यस्तै मोरङको दक्षिणी भेगका बजारहरू पनि बन्द भएका थिए। विराटनगरमा युवाहरूले प्रदर्शन जारी राखेका कारण विराटनगर बजार क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ।

विराटनगरमा ड्रोनबाट समेत निगरानी थालिएको छ। 

प्रकाशित: १५ श्रावण २०८३ १७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App