२७ मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

पाल्पामा जीप दुर्घटना : तीन जनाको मृत्यु, आठ घाइते

पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्।  

निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जीप आज दुर्घटनामा परेको हो। दुर्घटनामा जीपमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए। उनका अनुसार मृतक तीनै जनाको पहिचान अझै खुलेको छैन।  

दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेको उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताए। दुर्घटनाको कारण भने अझै खुलेको छैन। रासस

प्रकाशित: २६ मंसिर २०८२ १२:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App