२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

अर्घाखाँचीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, २४ घाइते

अर्घाखाँचीको सन्धिखर्क ९ टारीमा जीप (फोर्स गाडी) दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

सन्धिखर्क–ढोरपाटन सडक खण्डमा बुटवलबाट गुल्मीको पुर्कोटदह तर्फ जाँदै गरेको लु १ ज ४७२३ नं. को सो जीप आज बिहान दुर्घटना भएको हो। दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए।

उनका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन्। घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

मृत्यु हुनेमा गुल्मी मदाने गाउँपालिका–६ पुर्कोटका १० वर्षीय अरुणा थापा र मदाने–७ नेटा खर्कका १३ वर्षीय नारायण पौडेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख जिसिले बताए। घाइतेको अर्घाखाँची अस्पतालमा उपचार भैरहेको छ। एकजना घाइतेलाई थप उपचारका लागि बुटवल ‘रिफर’ गरिएको छ।

प्रकाशित: १३ आश्विन २०८२ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App