२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

मतदान अधिकृतको स्वीकृतिबिना चुनावी सामग्री अन्त लैजानु अपराध

मतदान अधिकृतको स्वीकृतिबिना चुनावी सामग्री अन्त लैजानु कानूनी अपराध हुने निर्वाचन आयोगले स्पष्ट पारेको छ।  

मतदान अधिकृतको स्वीकृतिबिना निर्वाचनमा प्रयोग गरिने वा प्रयोग गरिएको मतपत्र, मतपेटिका वा अन्य सामग्री निर्वाचनमा प्रयोग हुन नदिन मतदान केन्द्रबाट बाहिर वा अन्यत्र कतै लैजान नहुने आयोगले स्पष्ट पारेको छ।  

चुनावी सामग्रीलाई अन्यत्र लैजानु वा प्रयोगको प्रयास गर्नु कानूनविपरित हुने आयोगले स्पष्ट पारेको छ। यस्तो काम गर्ने व्यक्तिलाई २५ हजार रुपैयाँसम्मको जरिवाना र कडा कानूनी कारवाहीको चेतावनी दिइएको छ।

आयोगले यस किसिमको गतिविधि नगर्न सबैलाई सचेत गराएको छ।  

निर्वाचन आयोगले मतदान प्रक्रिया र निर्वाचन सामाग्रीको सुरक्षामा कडाइका साथ निगरानी राख्ने जनाएको छ। 

प्रकाशित: १९ फाल्गुन २०८२ ११:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App