२७ मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

‘विकास, वातावरण र पर्वत’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन शुरु

दक्षिण एसियाली विकास तथा वातावरणीय अर्थशास्त्र नेटवर्कको २५ वर्ष पुरा

दक्षिण एसियाली विकास तथा वातावरणीय अर्थशास्त्र नेटवर्क (सान्डी) ले २५ वर्ष पुरा गरेको छ । स्थापनाको २५ वर्षको अवसरमा शुक्रबारदेखि ललितपुरमा ‘विकास, वातावरण र पर्वत’ विषयक दिने अन्तर्राष्ट्रिय सम्मेलनमा ७० भन्दा बढी अनुसन्धानमुलक प्रस्तुती हुने इसिमोडले जनाएको छ । 

सम्मेलनमा जलवायु परिवर्तन, जैविक विविधताको ह्रास एर्ब दिगो विकासजस्ता आर्थिक चुनौतीका विषयमा विश्वभरका विज्ञले छलफल गर्नेछन् । विशेषगरी जलवायु परिवर्तन र वातावरणीय चुनौतीको हिसाबले हिन्दकुश हिमालय क्षेत्र विश्वको सबैभन्दा संवेदनशील क्षेत्र रहेकाले यी विषयमा विभिन्न प्रस्तुती र छलफल हुने आयोजकको भनाई छ । जैविक विविधता वित्त, वन पुनस्र्थापना, जलवायु अनुकूलन, र दिगो जीविकोपार्जनजस्ता विषयमा सम्मेलनमा छलफल केन्द्रित हुने आयोजकको भनाई छ ।  

विगत २५ वर्षदेखि अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)को प्रमुख नेटवर्कको रूपमा रहेको सान्डीले दक्षिण एसिया र हिन्दकुश क्षेत्रका १० राष्ट्रका  शोधकर्तादेखि नीति–निर्माताको एक पिढीलाई व्यवस्थित रूपमा तयार गर्दै आएको इसिमोडले जनाएको  छ । ‘२५ वर्षको सान्डी’ नाम दिइएको यो ३ दिने सम्मेलनको क्रममा यो सँस्थाको गौरवशाली यात्राको उत्सव मनाउनुका साथै यो क्षेत्रले सामना गरिरहेको तीव्र पर्यावरणीय संकटबारे गम्भीर बहस गरिने बताइएको छ ।  

‘सान्डी यो क्षेत्रका लागि एक जीवन्त र अपरिहार्य समुदाय बनेको छ,’  इसिमोडका  महानिर्देशक पेमा ग्याम्छोले आफ्नो स्वागत मन्तव्यमा बताए ।

‘यो नेटवोर्कले दक्षिण एसियामा गरिबी, विकास र वातावरणीय दिगोपनाबीचको सम्बन्ध बुझ्ने र त्यसअनुसार प्रतिक्रिया दिने वस्तुगत आधारलाई मौलिक रूपमा परिवर्तन गरेको छ । यो आधार दिगो भविष्यका लागि अनिवार्य छ,’ उनले भने ।  

सम्मेलनको पहिलो दिन क्याम्ब्रिज विश्वविद्यालयका अर्थशास्त्री प्राध्यापक पार्थ दासगुप्ताले ‘प्राकृतिक पुजी र दिगो विकास’ विषयमा विशेष सम्वोधन गरेका थिए । उनले  सान्डीको अनौठो मोडलले  सीमापार मित्रता र सहकार्यका अवसर  सिर्जना गरेको असम्भव खाले अनुसन्धानलाई सम्भव बनाएको बताए ।  

मानवीय पुजी निर्माणमा सान्डीको ठूलो भूमिका निर्वाह गरेको छ । सान्डीले दुई हजारभन्दा बढी पूर्व–विद्यार्थीहरको नेटवर्क तयार गरेको छ, यी विद्यार्थीहरु हाल उपकुलपति, डिन, सरकारी सल्लाहकार तथा अग्रणी अनुसन्धानकर्ता भएर अफगानिस्तान, बंगलादेश, भुटान, चीन, भारत, माल्दिभ्स, म्यानमार, नेपाल, पाकिस्तान र श्रीलंकामा प्रत्यक्ष रूपमा प्रमाणमा आधारित नीतिलाई अगाडि बढाइरहेका इसिमोडले जनाएको छ ।  

‘यो अत्यन्तै उच्च सामाजिक प्रतिफल दिने लगानी हो,”  सान्डीका वरिष्ठ कार्यक्रम संयोजक डा मनी नेपालले उक्त अवसरमा भने ।

‘२५ वर्षदेखि हामीले वातावरणीय समस्याको आर्थिक विश्लेषण गर्ने उपकरण शोधकर्तालाई उपलब्ध गराउँदै आएका छौँ। आज यही समुदाय क्षेत्रीय नीतिनिर्माणको मेरुदण्ड बनेको छ’ उनले भने । विगत २५ वर्ष देखि कार्यरत यो नेटवर्कले अब आगामी २५ वर्षका जटिल वातावरणीय र आर्थिक चुनौतीहरू सामना गर्न अपरिहार्य आधार संरचना गर्ने नेपालको कथन थियो ।  

सम्मेलनको पहिलो दिन ‘स्यान्डी एट २५–एडभान्सिङ इन्भारोमेन्टल इकोनोमिक्स रिसर्च एण्ड एजुकेसन इन साउथ एसिया’ नामक नामक स्मारक पुस्तक पनि सार्वजनिक गरियो । पुस्तकमा सान्डीको इतिहास र योगदानलाई अभिलेखित गरिएको छ ।  

प्रकाशित: २६ मंसिर २०८२ १९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App