४ श्रावण २०८३ सोमबार
image/svg+xml
समाज

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै

दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै बस्न थालेको छ। ध्रुर्वे जङ्गली हात्ती हो। यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ।

हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो। असार ३१ गते राति ध्रुर्वेलाई सुखीभार पोष्ट नजिक डार्ट गरेर दुई वटा दाह्रा काटिएको हो। ध्रुर्वेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ। जडान गरिएको रेडियो कलरबाट प्रत्येक १० मिनेटमा सूचना सङ्कलन भइरहेको छ।

दुई दिनअघि चितवन राष्ट्रिय निकुञ्जबाट सीतामाई नजिक जान लागेको भए पनि पुनःफर्किएर चुरेको फेदितर्फ पुगेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए।

बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोल लगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको छ।

निकुञ्जभित्र ४५ देखि ५० वटा हात्ती छन्। रासस

प्रकाशित: ४ श्रावण २०८३ १५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App