१२ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

बैतडीको गोकुलेश्वरमा सबैभन्दा बढी वर्षा

पछिल्लो तीन घण्टामा देशभरमै सबैभन्दा बढी वर्षा बैतडीको गोकुलेश्वरमा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गोकुलेश्वरमा ३७.२ मिलिमिटर वर्षा भएको छ।

विभागले जारी गरेको पछिल्लो मौसम बुलेटिनअनुसार गोकुलेश्वर क्षेत्रमा छोटो अवधिमै ठूलो वर्षा भएको हो। हाल मनसुन सक्रिय रहेकाले देशभरकै मौसममा बदली भई विभिन्न स्थानमा वर्षा भइरहेको विभागले जनाएको छ।

हाल कोसी, वागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यसैगरी मधेस, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा पनि मौसम बदली भई हल्का वर्षा भइरहेको छ।

देशभरका विभिन्न भू-भागमा वर्षा भइरहेकाले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनालाहरूमा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रकाशित: ४ श्रावण २०८३ २२:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App