१८ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

लमजुङको हाइड्रोपावरमा भेटियो घाइते बाघ

फाइल तस्बिर।

लमजुङको मर्स्याङ्दी गाउँपालिका-८ खुदीस्थित सिनो सगरमाथा हाइड्रोपावरको जालीमा पासोमा परी घाइते भएको अवस्थामा एउटा बाघ फेला परेको छ।

आइतबार गते दिउँसो २ बजे हाइड्रोपावरको जालीमा बाघको बायाँ खुट्टा पासोमा फसेको जानकारी प्राप्त हुनासाथ सुरक्षा र वनको टोली उद्धारका लागि परिचालन गरिएको छ।

त्यसैगरी, बाघको उद्धारका लागि मर्स्याङ्दी गाउँपालिका-६ स्थित सब-डिभिजन वन कार्यालयबाट वन अधिकृत राजबहादुर विकको नेतृत्वमा थप दुई जना वन रक्षकसहितको टोली पनि उक्त स्थानमा पुगेको छ।

हाल घाइते बाघको उद्धार कार्य जारी छ।

प्रकाशित: १८ आश्विन २०८३ १५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App