२० आश्विन २०८३ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशनमा पुगे दाहाल-रविसहितका नेता, ओली-देउवा गएनन्

नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेकपा संयोजक पुष्पकमल दाहाल, रास्वपा सभापित रवि लामिछाने, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा एमालेका महासचिव शंकर पोखरेल पुगेका छन्।

त्यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, श्रम संस्कृति पार्टीबाट महासचिव आरेन राई, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र जसपा नेपालका सहअध्यक्ष शरतसिंह भण्डारी लगायत पनि महाधिवेशनमा पुगेका छन्।

तर एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भने पुगेका छैनन्।

२२ गतेसम्म हुने महाधिवेशन तालिकाअनुसार आज उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ। देशभर निरन्तरको वर्षाका कारण असोज १६ गतेका लागि निर्धारित महाधिवेशन आजदेखि सुरु भएको हो।

प्रकाशित: १८ आश्विन २०८३ १५:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App