सुक्खा पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत काबेली-फुङलिङ सडक खण्डको अवरोध हटाउन पहल सुरु भएको छ।
पाथीभरा याङवरक गाउँपालिका वडा नं. १ नाङखोल्याङ क्षेत्रको भाँडीखोलास्थित मेची राजमार्गमा बिहीबार बिहान करिव साढे ८ बजे बाटो माथिबाट बगेको कुलोको पानीले ओसिएर ढुङ्गामाटो सहितको पहिरोले राजमार्ग अवरुद्ध बनेको थियो।
पाथीभरा याङवरक गाउँपालिका,सडक डिभिजन कार्यालय सहितका निकायसँग आवश्यक समन्वय भइसकेको र अवरोध हटाउने प्रक्रिया सुरु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जटाशंकर यादवले बताए।
प्रकाशित: १० पुस २०८२ ०९:५९ बिहीबार





