२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

प्रज्ञापनपत्रमा भन्दा बढी फलफुल देखिएपछि भारतीय गाडी र चालक पक्राउ

प्रज्ञापनपत्रमा भन्दा बढी सामान देखिएपछि कपिलवस्तु प्रहरीले फलफुल बोकेको भारतीय नम्बर प्लेटको गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।  

तौलिहवा भैरहवा सडक खण्ड अन्तर्गत कपिलवस्तु नगरपालिका वडा नम्बर ८ मैनिहवामा नियन्त्रणमा लिई अनार, खरबुजा, स्याउ, नरिबल र सुन्तला लिएर भैरहवातर्फ जाँदै गरेको युपी १५ जेटी ८०२४ नम्बरको भारतीय नम्बर प्लेटको गाडीमा सुन्तलाको भने प्रज्ञापनपत्र नदेखिएपछि प्रहरीले सो गाडी र चालकलाई अनुसन्धान कार्यालय चलान गरेको हो । सो गाडीमा ३ सय केजी सुन्तलाको प्रज्ञापन पत्र नदेखिएकाले गाडी र चालक भारत उत्तर प्रदेशका दिल साहलाई अनुसन्धान कार्यालय पठाइएको प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहले बताए ।  

१९ हजार २ सय मुल्यको सुन्तलाको प्रज्ञापन पत्र नदेखिएको र बाकी रहेका सामानको ४ लाख २२ हजार ४८० को प्रज्ञापन पत्र गराएको देखिएको थियो । सो फलफुल मर्यादपुरका व्यापारी अनारुल्लाह मुसलमानको रहेको ब्यापारी श्रोतले जनाएको छ ।  

व्यापारी स्रोतका अनुसार व्यापारी मुसलमानले भन्सार कर्मचारीहरुसंग सेटीङ गरी प्रज्ञापन पत्र भन्दा बढी फलफुल ल्याउने गरेका छन् । प्रहरीले सो कुरा थाहा पाए पछि नै गाडीलाई राकेर चेकजाच गर्दा सो तथ्य फेला परेको हो ।  

प्रकाशित: १० आश्विन २०८२ १९:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App