भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पश्चिम नवलपरासीको सुस्तामा निर्माणाधीन अस्थायी बाँध भत्काएको छ।
आइतबार दिउँसो ३ः ३० बजेतिर हतियारसहित नेपाल प्रवेश गरेका ५०/६० जनाको समूहले सुस्ता गाउँपालिका–मा निर्माणाधीन बाँध भत्काएका हुन्।
भारतीय सुरक्षाकर्मीले दुई देशको सीमा मानिएको सिमलको रुखभन्दा ३ सय मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएपछि स्थानीयहरुले त्यसको प्रतिवाद गरेका थिए।
सो क्रममा दुई पक्षबिच झडप हुँदा तीन जना नेपाली घाइते भएका छन्। अहिले सशस्त्र प्रहरी बलको टोली पनि घटनास्थल पुगेको छ।
प्रकाशित: १७ श्रावण २०८३ १७:४४ आइतबार





