२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

सर्लाहीमा भारतीय स्कार्पियोको ठक्कर : दुईको मृत्यु, एक घाइते

सर्लाहीमा भारतीय नम्बरको स्कार्पियो जिपको ठक्करबाट दुई जनाको ज्यान गएको छ।  

ब्रहम्पुरी गाउँपालिका ५ स्थित हुलाकी राजमार्गअन्तर्गत पर्ने पर्सा-भेलही सडकखण्डमा शुक्रबार राति भारतीय नम्बरको स्कार्पियोको ठक्करबाट ब्रहम्पुरी २ का २३ वर्षीय अङ्कित चौधरी र सोही गाउँका २५ वर्षीय रोहित सहनीको ज्यान गएको हो।  

शुक्रबार राति ९ बजेको समयमा ब्रहम्पुरीबाट पूर्वतर्फ जाँदै गरेको एमएच ०४ डिजे १२९७ नम्बरको भारतीय स्कार्पियो जिपले विपरीत दिशाबाट आउँदै गरेको प्र.३-०३-००१ प ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरी र बीचमा सवार रोहितको जनकपुरस्थित न्युरो अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।  

स्कार्पियो ठक्करबाट मोटरसाइकलमा पछाडि सवार शिव शङ्कर पण्डित गम्भीर घाइते छन्। पण्डितको बारा स्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताए।  

स्कार्पियोको ठक्करबाट ज्यान गुमाएका सहनी र चौधरीको शव पोस्टमार्टमका लागि जनकपुरबाट शुक्रबार राति नै मलङ्गवा स्थित सरकारी अस्पतालमा ल्याएको प्रहरीले जनाएको छ। 

प्रकाशित: ११ आश्विन २०८२ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App