२१ श्रावण २०८३ बिहीबार
image/svg+xml
समाज

प्रतिकूल मौसमका कारण भारतीय हेलिकप्टर नेपाली भूमिमा प्रवेश गर्‍यो: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय हेलिकप्टर प्रतिकूल मौसमका कारण नेपाली भूभागमा प्रवेश गरेको बताएका छन्।

बुधबार राष्ट्रिय सभा बैठकम सांसदहरूले राखेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।

संसद्‌मा बोल्दै मन्त्री खनालले भने, ‘दार्चुला जिल्लामा भारतीय हेलिकप्टर नियोजित एवं गलत मनसायले नेपालको भूभाग प्रवेश गरेको नदेखिएको र त्यस क्षेत्रको भौगोलिक अवस्थिति र मौसमको कारणले नेपाली भूभाग प्रवेश गरेको विषयमा नेपाली सम्बन्धित अधिकारीहरू र भारतीय पक्षबीच आवश्यक सम्पर्क र समन्वय भइरहेको छ।’

गत जेठ २७ गते बिहान नेपाल सरकारको पूर्वअनुमतिविना नै भारतीय सेनाको हेलिकप्टर नेपाली आकाशमा पसेको थियो। सो सैनिक हेलिकप्टर दार्चुलाको ब्यास गाउँपालिका–१, छाङरुको आकाश हुँदै कालापानी गएको थियो।

प्रकाशित: १७ असार २०८३ १५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App