२७ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

भारतद्वारा नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा ८० करोड बढी सहयोगको घोषणा

नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले रु ८० करोड ३० लाख बराबरको सहयोग उपलब्ध गराउने भएको छ।

परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मंगलबार हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार कोशी प्रदेशको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘डिजिटलाइजेसन’, भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ मा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण हुनेछ।

यस्तै, मोरङको बेलबारी नगरपालिका-३ मा बेलबारी बहुमुखी क्याम्पसको भवन निर्माण र सुनसरीको बर्जु गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण गरिनेछ। त्यस्तै, बागमती प्रदेशको धादिङको ज्वालामुखी गाउँपालिका-६ मा नगदे कृषि तथा पशुपन्छी केन्द्र भवन, कर्णाली प्रदेशको दैलेखको डुंगेश्वर गाउँपालिका-५ मा १० शय्याको अस्पताल निर्माण हुनेछ।

त्यस्तै, हुम्लाको सर्केगाड गाउँपालिका-४ मा कृषि प्रवर्द्धन केन्द्र र गण्डकी प्रदेशको स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ मा कोल्ड स्टोर निर्माण गरिनेछ। यी परियोजना नेपाल सरकारका स्थानीय निकाय तथा संस्थामार्फत कार्यान्वयन गरिने छ।

प्रकाशित: २७ श्रावण २०८३ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App