भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ को बान्टमवेट उपाधि जितेका बझाङका व्यावसायिक फाइटर रवीन्द्र ढाट स्वदेश फर्किएका छन्। उनलाई सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
च्याम्पियन बनेर नेपाल फर्किएका ढाटको स्वागतका लागि विमानस्थलमा उनका दर्जनौं समर्थकहरू फूलमाला र खादा लिएर उपस्थित भएका थिए। उनीहरूले ढाटको समर्थनमा नाराबाजी गर्दै उनको ऐतिहासिक जितको खुसीयाली मनाएका थिए।
ढाटले आइतबार राति भएको उपाधि भिडन्तमा भारतका चोंगरेंग कोरेनलाई पराजित गर्दै यो ऐतिहासिक उपाधि जितेका हुन्। यो जितसँगै उनी एमएफएनको बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
हेराैं तस्बिरहरु, सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक





प्रकाशित: १९ श्रावण २०८२ १८:१० सोमबार





