२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

चितवनमा चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो

गत एक वर्षमा विभिन्न अपराधमा सङ्लग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर/अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात, जबरर्जस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यान मुद्दामा दुई र साइबर क्राईममा एकजना बालक पक्राउ गरी कारबाही गरिएको हो। प्रमुख पुरीका अनुसार पछिल्ला दिनमा विभिन्न किसिमका अपराधमा बालबालिकाको प्रयोग बढ्न थलेको छ।

विशेषगरी चोरी र लागुऔषध मुद्दामा बालबालिकाको प्रयोग बढी हुन थालेको हो। उनले भने, “बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउन थालेका छन्।”

लागुऔषध ओसारपोसारमा बालबालिकाको प्रयोग हुँदै आएको छ। सार्वजनिक कसूर/अभद्र व्यवहार समेत  बालबालिकालाई प्रयोग  गर्ने गरेको उनले बताए। 

चोरीमा बालबालिकालाई प्रयोग गरी ठूलाले कमाउँछन्। उनले भने, “चोरीका मुद्दामा तराई मूलबाट बच्चा लिएर आउने र चोरी गर्न लगाउने गरेको पाइएको छ। यस्ता कतिपय मुद्दामा चोरी गर्न लगाउनेलाई समेत पक्राउ गरी कारबाही गरिएको छ।”

प्रकाशित: २ भाद्र २०८२ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App