१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

१२ लाखको अवैध पटाका नष्ट

पर्साका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित चेकजाँचका क्रममा बरामद भएका अवैध सामानहरू प्रहरीले नष्ट गरेको छ।

प्रहरीका अनुसार कार्तिक १ गते शनिबार स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको रोहबरमा करिब १२ लाख रुपैयाँ बराबरका अवैध पदार्थहरू नष्ट गरिएको हो।

यी सामानहरू पर्सा क्षेत्रका विभिन्न स्थानमा खटिएका प्रहरी टोलीहरूले फरक–फरक समयमा चेकजाँच गर्दा बरामद गरेका थिए। बरामद वस्तुहरू लागूऔषध, मदिरा तथा अन्य निषेधित सामग्री रहेको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद वस्तुहरू सार्वजनिक रूपमा नष्ट गर्नुको उद्देश्य अवैध कारोबार नियन्त्रण गर्नु र स्थानीय बासिन्दालाई सचेत बनाउनु रहेको जनाएको छ ।

प्रकाशित: १ कार्तिक २०८२ १७:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App