चोली र फरिया लगाएर महिला भेषमा सजिएका दुई दर्जन बढी पुरुषहरू छन् । उनीहरूको हातमा धानको बीउ जस्तो देखिने घाँस छन् । परबाट झट्ट हेर्दा शृङ्गारले सजिएका उनीहरु पुरुष नै हुन् भनेर छुट्याउन कठिन हुन्छ ।उनीहरु मुखियाको खेत रोप्न आएका रोपारहरूको रुपमातयार छन् ।उनीहरूसँगै केही पुरुष पहिरनमा गाढा र भाङ्ग्रालगाएकाहरु हातमाकुतो कोदालो समातेका छन् । उनीहरूको काम खेत हिल्याउने र आली लगाउने हो । उनीहरु बाउँसेको भूमिकामा छन् ।
एक जना पुरुषलाई गर्भवती महिलाको भेषमा तयार गरिएको छ । उनको अनुहार छोपिएको छ । अरु केही व्यक्तिहरु हातमा टोकरी समोतका छन् । एक जनाअनुहारभरी कालो पोतिएको व्यक्तिले डोकोभरी धानको बीउ जस्तो देखिने घाँस बोकेका छन् । अर्को एक जनव्यक्ति सिँगारिएको छाता समातेर मृदङ्गाबजाउने व्यक्तिलाई ओढाइरहेका छन् । नेवारी बाजा मृदङ्गाकोधुनसंगै गीत सुरु हुन्छ.....
असारे मासको डबडबे हिलो छुनलाई घिन लाग्यो,
पातलीनानीलाई फरिया किन्दा छ बिसे रिन लाग्यो ।
उकाली लाग्यो ओराली लाग्यो हिउँदे सिमीलाई,
जैले म आउँछु सुतेकै देख्छु, के भयो तिमिलाई ।
गीतको स्वर र बाजाको तालमा सुरतार मिलाउँदै बाउँसेले खेत खनेको र रोपारहरू धान रोपेको अभिनय गर्दै बजार परिक्रमा गर्छन् । हातमा टोकरी समाएकाहरू गर्भवती महिलाको भेष धारण गरेको व्यक्तिलाई देखाउँदै घरमा घरमापुगेर ‘उ गर्भवती छ सुत्केरी खर्च दिनुस्’ भन्दै पैसा माग्छन् । यो सबै बागलुङका नेवार समुदायले प्रस्तुत गर्ने रोपाइँ नाचमा देखाईएको क्रियाकलाप हो । सोमबारदेखि सुरु भएको भदौरे जात्राअन्तर्गत बागलुङका नेवारहरूले मंगलबार रोपाइँ नाच प्रस्तुत गरेका छन् ।
नेवारी संस्कृति अनुसार गाईजात्राको भोलीपल्टबाट सुरु हुने भदौरे जात्रामा देखाइने विभिन्न कला संस्कृति मध्ये रोपाई नाँच प्रमुख हो । नेवारी समुदायमा परम्परादेखि चल्दै आएको संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरणका लागियीजात्राहरु दैनिक प्रस्तुत गर्ने गरिएको नेपाल भाषामंकाखलःबागलुङका अध्यक्ष जयरामभारी बताउँछन् । ‘रोपाइँ नाच पनि भदौरे जात्राकै एउटा भाग हो, अघिल्लो दिनमा कटुवाल नाच प्रस्तुत गदै खेताला खेताल्नी बोलाएको भोलिपल्ट यो नाच प्रस्तुत गरिन्छ,’उनले भने,‘यसले रमाइलोसँगै कृषि क्षेत्रको प्रवर्द्धन र विकासकालागि सांस्कृतिक पक्षबाट सहयोग पुग्छ ।’
रोपाइँ नाच प्रस्तुत गर्दै गर्दा जिस्किने र इत्रिने पनि हुन्छ । जात्राको क्रममा बाटोमा भेटिने पुरुषलाई रोपारहरूतर्फ देखाउँदै ‘मन परेको छान्नुस् है कान्छी बनाउन’भन्दै जिस्क्याउँछन् । यसले माहौललाई रमाइलो बनाउने काम पनि गर्छ । रोपाइँनाचकागितहरु पनि उस्तै रमाईला र ठट्यौली पाराका हुन्छन् ।
ढिपीमा ढिपी बत्ती है बल्यो माटाको पालामा,
सुपारी जत्रो डण्डीफोर रैछमोइ खाने गालामा ।
त्यो पारी वनको हरियो घाँस खाएनटट्टुले,
झ्यालैमाबसीनहेर कान्छी लैजाला छट्टुले ।
बहरु छाया पिपलु छाया, कदमको के छाया,
पुतली जस्तै बाटैमापायाँ घरको के माया ।
खेतीपाती लगाएर खाली भएको समयमा मनोरञ्जन गर्नका लागियी जात्राहरूले महत्त्वपूर्ण भूमिका खेलेको नेवारी संस्कृतिका अध्येता महेशचन्द्र प्रधान बताउँछन् । ‘यो समय भनेको खेती लगापछि सबै खाली हुने समय हो,’उनी भन्छन्,‘यो समयमा मनोरञ्जनको कार्यक्रम गर्दा धेरै मानिसहरू आउने र रमाउने चलन थियो ।’ पहिले पहिले मनोरञ्जको अन्यमाध्यम नहुँदा यी जात्रा हेर्नेहरू भिड लाग्ने गरेको उनी सुनाउँछन् ।
‘यो यो बेला गाउँघरको खेतबारीको अन्न स्याहारेर नयाँ खेती लगाईन्छ, त्यसले गर्दा जात्रामा गाउँबाट सामानल्याएर बेच्ने र आफूलाई चाहिने सामा नकिन्ने मौका पनिहुन्थ्यो,’ प्रधानले भने,‘योसँग लोक सांस्कृतिक पाटोसँगै आर्थिक पाटो पनि जोडिएको पाइन्छ । अब चाडबाड आयो आफूलाई चाहिने सामानपनिकिन्ने जात्रा पनि हेर्ने गज्जको संयोग हुन्थ्यो ।’ भदौरे जात्रामा सबै अभिनय पुरुषले गर्ने र त्यसले उच्च मनोरञ्जन दिने उनी बताउँछन् ।
बागलुङ आउँदा नेवार समुदायले लिएर आएको सांस्कृतिकनाचहरुमध्ये नागनागिना, शिकारी, भोटेशेलो, र थेटर नाच अहिले लोप भैसकेको उनी बताउँछन् । यहाँको इतिहासकाअध्येतावरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले वि.सं. १८४० मा भक्तपुरका राजा रञ्जित मल्लको भित्रिनीपट्टिका छोरा अभ्युदसिंहले पर्वते राजाबाट बिर्ता पाएर बागलुङ उपल्ला चौरमा दरबार बनाएर बसेपछि उनीसँग अन्य नेवार समुदाय र नेवारी संस्कृति बागलुङ प्रवेश गरेको बताउँछन्।
नेवार समुदायको बसोबास सुरु भएसँगै बागलुङको नाम बागलुङ चौर हटिया रहन पुगेको उनले बताए । नेपाल कृषिमानिर्भर भएको र यहाँकाजात्राहरु पनि कृषिसँग सम्बन्धित रहेको उनको भनाई छ । नेवारहरू बढी नैधर्मप्राणी भएको र उनीहरुले हिन्दु र बौद्ध धर्मलाई पनि आफ्नै तरिकाले मान्नउउनी बताउँछन् । ‘नेवारहरू शैव, वैष्णव र बौद्ध मान्छन् तर आफ्नो पाराले मान्छन्,’उनले भने । भादगाउँबाट भित्रिएको भएर जात्राको नाम भदौरे राखेको हुनसक्ने उनी बताउँछन् ।
भदौरे जात्रा भनिए पनि तिथिले कहिले साउनमै त कहिले भदौ महिनामा पर्ने उनले बताए । गाईजात्राबाट सुरु भएको भदौरे जात्रा कृष्ण जन्माष्टीसंगै सकिन्छ । लाखे नाच भने तीजसम्म देखाउने चलन रहेको छ । बागलुङको गलकोट, बलेवा र पर्वतको फलेवास क्षेत्रमापनि नेवार समुदायले यी जात्रा देखाउने गर्छन् ।
प्रकाशित: २७ श्रावण २०८२ १७:५० मंगलबार





