१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

श्रीमतीको हत्या प्रयास गरेको आरोपमा श्रीमान पक्राउ

सर्लाहीको बागमती नगरपालिकामा श्रीमतीको हत्या प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। 

प्रहरीका अनुसार धनकौल गाउँपालिका १ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबीले सोमबार राति करिब ८ बजे बागमती नगरपालिका ५ टेकानीस्थित ससुरालीमा आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीमाथि कुटपिट गरी साडीको पासो लगाएर ज्यान मार्ने प्रयास गरेका हुन। 

घटनाका क्रममा बहिनी नाता पर्ने १० वर्षीया कुसुम कुमारीले घटना देखेपछि तत्काल आफन्तलाई खबर गरेकी थिइन्। त्यसपछि आफन्तले समयमै पासो फुकालेर चिन्ता देवीको उद्धार गरेका थिए। 

घटनापछि प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरी टोलीले घाइतेलाई बागमती मोडेल अस्पताल, कर्मैयामा पुर्‍याएको थियो। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको थियो। रौतहटको गरुडास्थित बेटर नेपाल अस्पतालमा लगेर उपचार भइरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १२ श्रावण २०८३ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App