२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

कटारीमा घर भत्कियो, एक जनाको निधन

सांकेतिक तस्बिर

उदयपुरको कटारीमा घर भत्किएर एक जनाको ज्यान गएको छ । कटारी नगरपालिका ७ रिस्कुको पुरानो घर भत्किँदा ५२ वर्षीय राजे परियारको निधन भएको वडाध्यक्ष सुविन ढुङ्गानाले जानकारी दिए ।  

पुरानो घरमा एक्ले बस्दै आएका परियार त्यही सँधै सुत्ने गरेका थिए । टायलले छाएको काठको पुरानो घर राति भत्किएको थियो । घर भत्किँदा मूल खाँबो र टायलले किचेर परियारको घटनास्थलमै निधन भएको हो ।  

वडाध्यक्ष ढुङ्गानाले पुरानो जीर्ण भएको घर आफैँ भत्किएको हो । घटनास्थल मै ज्यान गएका उनको शव निकाल्न घण्टौ लागेको थियो ।  

मृतकको शव पोस्टमार्टमका लागि कटारी प्रादेशिक अस्पताल पुर्‍याइएको छ।

प्रकाशित: १० आश्विन २०८२ १५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App