२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

अनुगमन टोलीलाई अवरोध गर्ने होटल सञ्चालक पक्राउ

चार पानी उद्योगलाई १५ दिनभित्र रिपोर्टसहित हाजिर हुन निर्देशन

तस्बिर : अनुगमन टोली

अनुगमन टोलीलाई अवरोध गर्ने कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नम्बर २ गोरुसिंगेस्थित मल्ल स्टाफ होटल एन्ड लजका सञ्चालक दीपेन्द्र मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

होटलमा अनुगमन गर्न सोमबार दिउँसो सहायक प्रजिअ पदम लामिछानेको अगुवाइमा पुगेका अनुगमन टोलीलाई अनुगमन गर्न असहयोग गरेपछि सञ्चालक मल्ललाई नियन्त्रणमा लिइएको हो। होटलमा ग्राहकले खाना खाइरहेका बेला खानामा कमी देखिएपछि आफूहरूले त्यसबारे सोध्न खोज्दा होटल सञ्चालकले अवरोध गरेको सहायक प्रजिअ लामिछानेले बताए। प्रहरी नियन्त्रणमा रहेका मल्लका बारेमा आफूहरूले प्रहरीलाई लिखित जानकारी पठाएको उनले बताए। 

यस्तै, अनुगमन टोलीले कपिलवस्तुका ५ पानी उद्योगलाई १५ दिनभित्र पानीको जाँच गरी रिपोर्टसहित पेश गर्न निर्देशन गरेको छ। सोमबार अनुगमन टोलीले कपिलवस्तुको तौलिहवास्थित प्रयास ड्रिङ्किङ वाटर, बाणगंगा फुड एन्ड बेभरेज प्रालि, बुद्धभूमि नगरपालिका २ स्थित विपासा एक्वा इन्डस्ट्रीज, न्यु बुद्ध पानी प्रशोधन उद्योगको अनुगमन र निरीक्षण गरेको थियो। 

अनुगमन टोलीमा कोलेनिका प्रमुख कोष नियन्त्रक रुक्मांगत अर्याल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनाल, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख सरोज खनाल, प्रशासन कार्यालयका अधिकृत बाबुराम पोखरेलसहितको टोलीले होटल तथा पानी उद्योगमा अनुगमन गरेको थियो। टोलीले फोहोर जारसमेत बरामद गरेको थियो।

प्रकाशित: २ भाद्र २०८२ २१:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App