२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

गृहले भन्यो: निर्वाचनको प्रारम्भिक कार्य सुरु भो, भेला अरुलाई असर नगर्ने गरी गर्नू

सरकारले बैठक तथा सभा सम्मेलन अरुलाई असर नगर्नेगरी सञ्चालन गर्न सुझाएको छ ।  

गृहमन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै नयाँ सरकार गठनपछि निर्वाचनको प्रारम्भिक कार्य सुरु भएको जनाउँदै समाजमा शान्ति स्थापनार्थ भूमिका खेल्न आग्रह गरिएको छ ।  

मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी भदौ २३ र २४ गते जेनजीको अगुवाइमा भएको आन्दोलनपछि नयाँ सरकार गठन भएको छ । निर्वाचनको प्रारम्भिक कार्य सुरु भएको छ । यो अवस्थामा सभा, सम्मेलन, बैठक तथा विरोधका कार्यक्रम गर्दा अहिंसात्मक हुनेगरी शान्तिपूर्ण ढंगबाट अन्य पक्षलाई असर नपर्ने गरी गर्न सबैमा अनुरोध छ ।’

प्रकाशित: ११ आश्विन २०८२ १३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App