१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

निर्वाचनका लागि त्रिविमा बिदा (सूचनासहित)

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्ना सम्पूर्ण आंगिक क्याम्पस र केन्द्रीय विभागहरूमा बिदा दिने निर्णय गरेको छ। कार्यकारी परिषद्को फागुन १५ गतेको बैठक अनुसार देशभर फागुन २० देखि २२ गतेसम्म सार्वजनिक बिदा दिइएको छ।

यसका साथै, तराईका जिल्लाहरूमा फागुन १७ र १८ गते तथा अन्य जिल्लाहरूमा फागुन १७ र १९ गते अतिरिक्त बिदा दिइएको छ। यो बिदा हिउँदे वा वर्षे बिदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीका हकमा मात्र लागू हुनेछ र यसलाई २०८३ सालको वर्षे बिदाबाट मिलान गरिने विश्वविद्यालयले जनाएको छ।

प्रकाशित: १५ फाल्गुन २०८२ १९:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App