२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

देशभर बाढीको उच्च जोखिम, २४ घण्टाभित्र २०० मिलिमिटरसम्म वर्षा हुने पूर्वानुमान

<br>

शुक्रबारदेखि निरन्तर परिरहेको वर्षाका कारण देशभरका प्रमुख नदीहरूमा बाढीको जोखिम उच्च बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा तराईका पर्सा, रौतहट र सर्लाही लगायतका जिल्लामा १०० मिलिमिटरभन्दा बढी वर्षा र काठमाडौं उपत्यकामा ६० मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ।

विभागले आगामी २४ घण्टाभित्र २०० मिलिमिटरसम्म वर्षा हुने सम्भावना रहेको जनाउँदै देशका धेरै स्थानहरूमा बाढी र पहिरोको उच्च जोखिम रहने चेतावनी दिएको छ।

निरन्तर वर्षाका कारण बागमती, कमला र पूर्वी राप्ती नदीहरूमा पानीको सतह खतराको तह पार गर्ने सम्भावना रहेको विभागले जनाएको छ। त्यसै गरी काठमाडौं उपत्यकामा रहेका मनोहरा, हनुमन्ते, बागमती र विष्णुमती नदीहरूमा पनि पानीको बहाव तीव्र गतिमा बढ्दै सतर्कताको तह नजिक पुगेको विभागको भनाइ छ।

विभागले विशेष गरी रातको समयमा डुबान र नदी कटान हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। तराईका बागमती, पूर्वी राप्ती, कमला, कोशी र कन्काई नदीलगायतका क्षेत्रहरूलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा वर्गीकृत गरिएको छ।

विभागका अनुसार विशेष गरी कोशी प्रदेश र बागमती प्रदेशका नदी किनारमा बसोबास गर्ने बासिन्दाहरूले सजग रहन, सुरक्षित स्थानमा सर्न र अनावश्यक जोखिम नलिन आग्रह गरिएको छ।

प्रकाशित: १८ आश्विन २०८२ १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App