१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

बागमतीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल रहनेछ। 

देशका पहाडी भागका केही तथा तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

त्यसैगरी, आज राति देशभर साधारणतया बादल रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र अन्य प्रदेशका बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेस र लुम्बिनीलगायत गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

प्रकाशित: २९ भाद्र २०८२ ०७:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App