१९ माघ २०८२ सोमबार
image/svg+xml
समाज

आज यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोसी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशका तराइका भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भु–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। 

मधेस प्रदेशलगायत कोसी, बागमती र गण्डकी प्रदेशको पहाडी केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोसी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। रासस

प्रकाशित: १ आश्विन २०८२ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App