१८ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

त्रिपालबाटै सुनुवाइ, कति प्रभावकारी

जेन-जी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा पनि आगजनी भएपछि भवन पूर्णरुपले क्षतिग्रस्त छ।  

भवनमा क्षति भएपछि सर्वोच्च परिसरमा अहिले त्रिपालबाट मुद्दाको सुनुवाइ थालिएको छ ।  

क्षतिग्रस्त भवनमा सफाइको काम जारी रहँदा जनताको न्यायको पहुँच नहटोस् तथा न्याय सम्पादनमा कुनै समस्या नहोस् भन्दै सर्वोच्चले त्रिपाल टाँगेरै सेवा प्रवाह गरिरहेको  छ।  

बहस तथा सुनुवाइ त्रिपालमुनी हुँदा कति प्रभावकारी भन्ने प्रश्न उठे पनि सर्वोच्चले भने आगजनीले क्षति पुर्‍याएपनि न्यायिक कामलाई रोक्न नमिल्ने भन्दै काम जारी राखेको सर्वोच्चका सहप्रवक्ता एवम् उपरजिस्टाचार निराजन पाण्डेले बताए ।  

उनले आइटीका उपकरणहरु, सवारी साधनमा भएको क्षतिको विवरण निकालिरहेको बताए ।  

फूलकोर्टबाट बन्दी प्रत्यक्षीकरणको रिटनिवेदनबाट न्याय सम्पादनका कामलाई अगाडि बढाउने निर्णय भएकाले सोही अनुसार थालिएको बताए । उनले भने, ‘क्षति  भइहाल्यो तर न्यायिक कामलाई रोक्न मिल्दैन् । फूलकोर्टबाट एउटा के निर्णय भयो भने बन्दी प्रत्यक्षीकरणको रिट निवेदनबाट न्यायसम्पादनका कामलाई अगाडि बढाउन पर्छ भन्नेछ। त्यो निर्णय अनुसार निवेदन दर्ता गरेर सुनुवाइ प्रक्रिया अगाडि बढाएका हौँ। पालबाटै भएपनि हामीले काम गरिरहेका छौँ।’

प्रकाशित: २ आश्विन २०८२ १६:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App