२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङमा फूलपाती बढाइँ

ताप्लेजुङमा सोमवार फूलपाती बढाइँ गरिएको छ। नेपाली सेनाको दुर्गा दल गुल्म र सशस्त्र प्रहरीको नं १ गुल्म हेड क्वाटर कञ्चनजङ्घाबाट डोलीसहित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुगी विधिपूर्वक पूजा अर्चना गरेर त्यहाँबाट फूलपाती लगिएको हो।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ, दुर्गा दल गुल्मका गुल्म पति सेनानी उमेश खड्का, जिल्ला प्रहरी प्रमुख(डिएसपी)वेदप्रसाद गौतम, सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेड क्वाटर कञ्चनजङ्घाका गुल्म पति(सशस्त्र डिएसपी)प्रमोदप्रकाश पाठक सहित फूलपाती बढाइँमा सहभागी थिए।

बडादसैँअन्तर्गत आज बिहान ७ः३० बजेको शुभ साइतमा जिल्ला प्रहरी कार्यालयमा रहेको दसैँ घरबाट फूलपातीसहितको डोली बोकेर सम्बन्धित कार्यालयतर्फ पु¥याइएको छ । सप्तमी तिथिको दिन दसैँको लागि पूजा सामग्री स्वरूप फूलपाती प्रवेश गराउने कार्य हुन्छ।

 यस दिन सदर फूलपाती बढाइँ भएपछि फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, करचुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरूलाई पुजी प्रत्येकको नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याउन चलन रहेको छ।

प्रकाशित: १३ आश्विन २०८२ १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App