स्वामीकार्तिक खापर गाउँपालिका–३ जुकोटमा रु दुई करोड ३६ लाख ६० हजार ३२६ खर्च गरेर बनाइएका भवन प्रयोगविहीन छन्। पालिकाले चार वर्ष पहिले क्याम्पस स्थापना गर्न ती भवन निर्माण गरेको हो। भवन प्रयोग नहुँदा जीर्ण भएका छन्। साथै दुवै भवन गोठमा परिणत भएका छन्।
गाउँपालिकाले विद्यालय, वडा कार्यालय वा स्वास्थ्यचौकी सञ्चालन गर्न खोज्दा स्थानीयको विवादले भवन प्रयोगविहीन भएका गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले दुखेसो गरे।
भवनले चर्चेका जग्गा शम्भुसुनन्दा माध्यमिक विद्यालयका नाममा छ। ती भवनमा स्थानीयले विद्यालय सार्न पनि मानेका छैनन्। गाउँपालिकाको तल्लो जुकोट र माथिल्लो जुकोटको विवादले भवन प्रयोगविहीन भएको हो। यद्यपि अध्यक्ष रोकायाले भवन सञ्चालनका निम्ति सम्बद्ध सबैसँग छलफल भइरहेको बताए।
प्रकाशित: १९ मंसिर २०८२ १०:५१ शुक्रबार





