२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

सरकारद्वारा कप्तानगञ्ज घटनाको स्थलगत अध्ययन सुरु, गृह मन्त्रालयको टोली घटनास्थलमा

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको सामुदायिक झडपको घटनाबारे अनुसन्धान गर्न गृह मन्त्रालयले गठन गरेको छानबिन समिति बुधबार घटनास्थल पुगेको छ।

गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा रहेको पाँच सदस्यीय टोलीले घटनास्थलको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दा, सरोकारवाला निकाय र पीडित परिवारसँग छलफल थालेको छ। समितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका एसपीसमेत सदस्यका रूपमा रहेका छन्।

टोलीले झडप नियन्त्रणका क्रममा सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका ३० वर्षीय ओमप्रकाश मेहताको परिवारसँग भेट गरी घटनाबारे जानकारी लिएको छ। परिवारले उठाएका माग र चासोलाई पनि समितिले अभिलेखीकरण गरेको जनाएको छ।

समितिका संयोजक थापाले घटनाको सबै पक्षको अध्ययन गरी प्राप्त तथ्य, स्थानीयको धारणा तथा सुझाव समेटेर विस्तृत प्रतिवेदन गृह मन्त्रालयमा पेश गरिने बताए। उनले स्थलगत यथार्थलाई निष्पक्ष रूपमा प्रस्तुत गर्नु नै समितिको मुख्य जिम्मेवारी रहेको उल्लेख गरे।

प्रकाशित: १३ श्रावण २०८३ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App