कपिलवस्तुको महाराजगंज नगरपालिका–३ जमुनीमा टिप्परको ठक्करबाट बालिकाको मृत्यु भएको छ।
हुलाकी सडकअन्तर्गत तौलिहवा–बहादुरगञ्ज सडकखण्डमा पूर्वतर्फबाट आउँदै गरेको लू २ ख ६१९५ नम्बरको टिप्परले ठक्कर दिँदा जमुनी बस्ने राम साजन पासीकी ६ वर्षीया छोरी प्रिंका पासीको मृत्यु भएको हो।
बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि इलाका प्रहरी कार्यालय महाराजगंज तथा जिल्ला प्रहरी कार्यालय तौलिहवाको टोली घटनास्थलमा पुगेको थियो।
प्रहरीले टिप्पर र चालकलाई नियन्त्रणमा लिएर यसबारे थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १८ फाल्गुन २०८२ १५:३९ सोमबार





