२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

बसले अटोलाई ठक्कर दिँदा चारजना गम्भीर

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१, उमरी चोकमा बसले अटोलाई ठक्कर दिँदा चार जना गम्भीर घाइते भएका छन्।

आइतबार राति करिब ८:३० बजे भएको उक्त दुर्घटनामा अटोमा सवार सबै यात्रु घाइते भएका हुन्।

वडा प्रहरी कार्यालय, चन्द्रौटाका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९०१३ नम्बरको बसले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको लु १ ह ४१५४ नम्बरको अटोलाई ठक्कर दिएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका चारै जनालाई थप उपचारका लागि तत्काल बुटवल पठाइएको वडा प्रहरी कार्यालय, चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले जानकारी दिए।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको छ।

प्रकाशित: ११ श्रावण २०८२ २३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App