२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

स्रोत नखुलेको ५२ लाख सहित चार जना पक्राउ

पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट उनीहरूलाई पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्रदेश २–०३–००३ प ७२१५ र ना ५७ प ५१८२ नम्बरका दुई मोटरसाइकल रोकेर खानतलासी गर्दा ठूलो परिमाणमा नगद रकम फेला पारेको थियो। 

पक्राउ पर्नेमा भारत बिहारको सितामढी जिल्ला, डुमरा थाना निवासी २६ वर्षीय सुरज कर्ण, बाराको प्रसौनी गाउँपालिका १ का ३२ वर्षीय उपेन्द्र साह, सोही स्थानका २६ वर्षीय सागरकुमार सर्राफ र पर्साको विन्दवासिनी गाउँपालिका–१ का २५ वर्षीय राहुलकुमार गुप्ता रहेका छन्।  

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सुरज कर्णको साथबाट १ लाख रुपैयाँ, उपेन्द्र साहको साथबाट १८ लाख १६ हजार रुपैयाँ, सागरकुमार सर्राफको साथबाट १८ लाख ३४ हजार रुपैयाँ र राहुलकुमार गुप्ताको साथबाट १६ लाख रुपैयाँ बरामद भएको हो। 

प्रहरीका अनुसार बरामद रकममा १ हजार दरका ४ हजार ५ थान नोटबाट ४० लाख ५ हजार रुपैयाँ, ५ सय दरका २ हजार ३ सय ५३ थान नोटबाट ११ लाख ७६ हजार ५०० रुपैयाँ, १ सय दरका ६ सय ४३ थान नोटबाट ६४ हजार ३०० रुपैयाँ र ५० दरका ८४ थान नोटबाट ४ हजार २०० रुपैयाँ रहेको छ।  

प्रकाशित: २६ श्रावण २०८३ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App