२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

हेलिकप्टरबाट कंङ्कालिनी र छिन्नमस्ता मन्दिरमा पुष्पवृष्टि

<br>

नेपाली सेनाको हेलिकप्टर मार्फत बडादसैँको अवसरमा बुधबार महानवमीका दिन सप्तरीका दुई शक्ति पीठमा पुष्पवृष्टि गरिएको छ। जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहस्थित कङ्कालिनी भगवती मन्दिरमा नेपाली सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टि गरिएको हो। विगत तीन वर्षदेखि महानवमीका दिन यहाँ हेलिकप्टरमार्फत पुष्पवृष्टि गराउन थालिएको छ।

कङ्कालिनी मन्दिरमा महानवमीका दिन आज यहाँ राँगा बलि दिने चलन छ।  राँगा बलिका लागि हालसम्म ५९० आइपुगेको मन्दिर विकास समितिले जनाएको छ। आज यहाँ पनि ठुलो मेलासमेत लागेको छ।

त्यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा रहेको छिन्नमस्ता भगवती मन्दिरमा समेत आज पुष्प वृष्टि गरिएको छ। गाउँपालिकाको आग्रहमा नेपाली सेनाको हेलिकप्टरमार्फत छिन्नमस्ता मन्दिरमा पुष्पवृष्टि गरिएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले जानकारी दिए।

प्रकाशित: १५ आश्विन २०८२ १९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App