बाढीपहिरोका कारण मुलुकका विभिन्न राजमार्गमा अवरुद्ध भएका छन्। पृथ्वी लोकमार्गको जवाङखोलामा पहिरो खस्दा यो लोकमार्ग पूर्ण रूपमा बन्द भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार नारायणगढ - मुग्लिन सडक पनि पहिरोले प्रभावित भएको छ। यद्यपि यो बाटो एकतर्फी सञ्चालनमा छ। काभ्रेको बिपी र अरनिको राजमार्गमा दुवैतर्फी सवारीसाधन अनिश्चित समयका लागि होल्ड गरिएको छ।
रसुवाको पासाङल्हामु सडक पनि अवरुद्ध छ। सङ्खुवासभाको वरुणखोलास्थित कोशी राजमार्ग र खाँदबारीदेखि किमाथाङ्का तथा थुमसुर जाने कोशी राजमार्गमा पनि सवारीसाधन चलेका छैनन्।
ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग, मकवानपुरको महालक्ष्मी खोलास्थित फाखेल- हुमाने -काठमाडाैं सडक पनि अवरुद्ध भएको छ। कान्तिलोकपथ र कुलेखानी सिस्नेरी - दक्षिणकाली - काठमाडाैं सडक बन्द छ। मदन भण्डारी राजमार्ग सिन्धुलीको सिन्दुरे दोभानमा अवरुद्ध छ। कोशी लोकमार्गअन्तर्गत साँघुरीगढी गाउँपालिकाको चनौटे र सिमसुवामा बाटो अवरुद्ध भएको छ।
प्रकाशित: १९ आश्विन २०८२ ११:५३ आइतबार





