२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

ब्लुबुकमा एउटा, गाडीमा अर्कै: इन्जिन र चेसिस नम्बर फेरेर चलाइएका ५ गाडी नियन्त्रणमा

यातायात व्यवस्था विभागको अभिलेख (लगत ढड्डा) र सवारी दर्ता किताब (ब्लुबुक) मा उल्लेख भएभन्दा फरक इन्जिन र चेसिस नम्बर राखेर सञ्चालन गरिएका पाँचवटा सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

कोशी प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले मंगलबार पत्रकार सम्मेलन गरी ती सवारी साधन सार्वजनिक गरेको हो।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीका अनुसार सरकारी कागजपत्रमा एउटा नम्बर र भौतिक रूपमा गाडीमा अर्कै नम्बर फेला परेको छ।

‘यो गम्भीर विषय भएकाले हामीले सुक्ष्म अनुसन्धान गरिरहेका छौं,’ एसपी गिरीले भने, ‘यसलाई अभियानकै रूपमा अगाडि बढाइएको छ। इन्जिन तथा चेसिस नम्बर परिवर्तन वा हेरफेर गरिएका अन्य सवारी साधनको पनि खोजी भइरहेको छ।’

पत्रकार सम्मेलनमा कार्यालयले सवारी सुरक्षाका लागि नियमित रूपमा मादक पदार्थ सेवन (मापसे) जाँच, ध्वनि प्रदूषण नियन्त्रण, हराएका सवारीको खोजी तथा चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरिरहेको जानकारी दिएको छ।

केही समयअघि मात्रै २९ जना चालक तथा सहचालकको आकस्मिक जाँच गर्दा ९ जनाले मापसे गरेको पाइएपछि उनीहरूमाथि थप कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ पुस २०८२ २०:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App