नेपाल प्रहरीमा पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) को बढुवा सिफारिस गरिएको छ। आइतबारको बढुवा सिफारिस समितिको बैठकले अहिले रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
डीआईजीका लागि एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले सिफारिस भएका छन् । उनीहरू सबै २०५६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए।

उनीहरूभन्दा वरियतामा अगाडी रहेका दुई डीआईजीलाई भने छुटाइएको छ। एसएसपीहरू शारदाप्रसाद चौधरी र विश्व अधिकारीलाई छुटाइएको छ। उनीहरू एसएसपीमा अगाडी थिए।
अधिकारी जेनजी आन्दोलनका क्रममा काठमाडौं प्रहरी प्रमुख थिए। सरकार परिवर्तन भए लगतै अधिकारीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाइएको थियो।
प्रकाशित: ९ कार्तिक २०८२ २०:५४ आइतबार





