१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

सङ्खुवासभामा आगलागी हुँदा चार लाख बराबरको क्षति

सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा रु चार लाख बराबरको धनमालको क्षति भएको छ।

धर्मदेवी–१ तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगो लाग्दा रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक धनबहादुर राजवंशीले आगलागीबाट ढुङ्गा, माटो र काठले बनेको एक तले घर जलेर पूर्ण रूपमा नष्ट भएको बताउँदै करिब रु चार लाख बराबरको क्षति भएको जानकारी दिए।

उनका अनुसार अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन्।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी मङ्गलबारेबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। आगो लाग्नुको कारण भने हालसम्म खुल्न सकेको छैन।

प्रकाशित: १६ जेष्ठ २०८३ १७:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App