७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङमा चाडपर्वलक्षित सुरक्षा : सेनासहित संयुक्त टोली परिचालन

ताप्लेजुङमा नेपाली सेनासहितको चाडपर्वलक्षित संयुक्त गस्ती टोली परिचालन गरिएको छ। 

प्रमुख दुई पर्वहरूमा शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्मिलित संयुक्त टोलीले निगरानी बढाएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जानकारी दिए। उनका अनुसार संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा नियमित निगरानीका साथै पैदल र सवारी गस्ती दुवै सञ्चालन गरिएको छ। 

प्रहरी, सशस्त्र र सेनाका तीनै सुरक्षा निकायका प्रमुखहरूको नेतृत्वमा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयन भइरहेको सेढाईँले बताए। शान्ति–सुरक्षालाई सुदृढ बनाउन विशेष सुरक्षा योजना अन्तर्गत नेपाली सेनासहितको संयुक्त गस्ती टोली परिचालन गरिएको सेढाईँले जानकारी दिए। 

चोरी, ठगी, जुवा, मदिराजन्य दुर्व्यवहार तथा अन्य आपराधिक गतिविधि रोकथामका लागि सुरक्षा निकायलाई उच्च सतर्कतामा राख्न यस्तो व्यवस्था गरिएको हो। योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्मिलित संयुक्त गस्ती टोलीले जिल्ला सदरमुकामसहितका बजार र ग्रामीण क्षेत्रहरूमा समेत गस्ती गर्नेछन्।

प्रकाशित: ७ कार्तिक २०८२ १७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App