६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

लामो खडेरीपछि हिमपात हुँदा किसान खुसी

फाइल तस्बिर

हुम्लामा हिमपात भएको छ। गत भदौदेखि वर्षा नभएको हुम्लामा वर्षासँगै यस वर्षकै पहिलो पटक हिउँ पर्न थालेको हो। निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुसी भएका छन्।

हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ। जिल्लाको तल्लो क्षेत्रमा धेरै पानी परेपछि हिमपात हुने गर्दछ भने माथिल्लो हुम्ला सिमकोट, नाम्खा लगायतका क्षेत्रमा अहिले हिमपात भइरहेको छ।

हिमपातले जनजीवन कष्टकर बनेको छ। हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउँपालिका हुँदै हिल्सा जाने बाटो पूर्ण रूपमा बन्द भएको छ। रासस

प्रकाशित: १० माघ २०८२ ०७:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App