८ आश्विन २०८२ बुधबार
image/svg+xml ८:६ पूर्वाह्न
समाज

सच्चियो‘यसपाली त मनै फाट्यो’ गीत रचनाकारबारेको त्रुटि

पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को अनिवार्य नेपाली विषयको पाठ्यपुस्तकमा समेटिएको गीतसम्बन्धी त्रुटि सच्याएको छ।

पाठ्यपुस्तकमा राजेन्द्र थापाले लेखेको उक्त गीतको रचनाकार अम्बर गुरुङ उल्लेख थियो। यसपछि सामाजिक सञ्जालमा त्यसको तीव्र विरोध भएको थियो।त् यसपछि पाठ्यक्रमले उक्त त्रुटि सच्याएको हो, यसको जानकारी पाठ्यक्रम विकास केन्द्रले बुधबार (आज) एक विज्ञप्ति जारी गर्दै दिएको छ।

सच्याइएअनुसारकै विवरणका आधारमा शिक्षण-सिकाइ क्रियाकलाप गर्न/गराउनसमेत केन्द्रले सम्पूर्ण शिक्षण संस्थाहरूलाई आग्रह गरेको छ। कक्षा ९ को अनिवार्य नेपाली विषयअन्तर्गत पाठ ५ को पृष्ठ ५४ मा रहेको ‘बोध र अभिव्यक्ति’ खण्डको अभ्यास १३ मा उक्त गीतको रचनाकार अम्बर गुरुङ भनेर उल्लेख थियो।

प्रकाशित: २८ श्रावण २०८२ २०:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App