२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

सिन्धुलीमा बसको ठक्करबाट एक जनाको मृत्यु

बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–४ हिरापानीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।

आज दिउँसो काठमाडाैंबाट मरिणतर्फ आउँदै गरेको बा ४ ख ३८९४ नम्बरको बसले सिन्धुलीबाट चियाबारीतर्फ जाँदै गरेको ज १० प ९२३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीकाअनुसार बसको ठक्कर पछि गम्भीर घाइते भएका सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ वितिजोरका स्कुटर चालक ३५ वर्षीय चन्द्र श्रेष्ठलाई उपचारका लागि सिन्धुली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषित गरेको थियो।

प्रहरीले बस चालक हरिहरपुरगढी गाउँपालिका–५ का राजकुमार माझीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २० फाल्गुन २०८२ २०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App