शहरी क्षेत्रमा टाइको दुखाईको विषय बनेको फोहोरलाई खालीसिसी नामक कम्पनीले मोहर (पैसा) बनाउँदै आएको छ । रिसाइकल योग्य फोहोर छुट्याएर बेच्नु वा दान गर्नुहोस्, सानो योगदानले ठूला परिवर्तन ल्याउँछ भन्ने भाबनाका साथ कम्पनीले काम गर्दै आएको छ ।
यसका लागि कम्पनीले रिसाइकल योग्य फोहोरहरु संकलन गर्छ । काठमाडौं उपत्यका र उपत्यका बाहिरका विभिन्न जिल्लाहरुबाट यस्ता काम नलाग्ने फोहोरहरु संकलन गर्छ । त्यसपछि ती फोहोरहरुको बर्गीकरण गर्छ । जस्तो कि कागज, काटुर्न (बाकसहरुको खोल), प्लाष्टिकका बाटेल (पेप्सी, ड्यु जस्ता पेय पदार्थ), वियर सिसी आदि फरकफरक ठाउँमा छुटाउँछ र तिनलाई रिसाइकल गर्छ ।
कम्पनीका निर्देशक विनिता श्रेष्ठ प्लाष्टिकका खेर गएका बोटलहरुमा पनि कलर (रंग) अनुसार छुटाउनुपर्ने बताउँछिन् । ‘जस्तो हरियो छ भने हरियो हरियो मात्रै एक ठाउँमा जम्मा गर्नुपर्छ’, उनले भनिन्, ‘सेता छ भने सेतो सेता मात्रे पेट बोटल एक ठाउँमा राख्नुपर्छ। यसपछि यसलाई एउटा मेशिनमा राखिन्छ । त्यसपछि त्यसलाई त्यो मेसिनलाई कच्याककुचुक बनाइ पिच (मिहिन) बनाइन्छ र त्यसलाई प्याक गरेर नयाँ सामान उत्पादन गर्ने कारखानाहरुमा निर्यात गर्छ ।’

खेर गएका कापी काटुर्ननहरुलाई पनि यसरी नै एकैठाउँमा राखेर मेशिनमा राखिन्छ र यसले कागजलाई टुक्राटुक्रा गरी धुलो बनाइन्छ र नयाँ कापी बनाउने कारखानामा निर्यात गर्ने गरिएको उनले बताइन ।
यसबाट एकातिर फोहोरको समस्या न्युनीकरणमा सहयोग गरेको छ भने अर्कोतिर व्यवसाय बनेर धेरैले रोजगारी पाएको कम्पनीका निर्देशक श्रेष्ठको भनाइ छ ।
कम्पनीले यसरी फोहोर व्यवस्थापनको कामलाई नै उद्योगको रुपमा विकास गर्दै आएको उनले सुनाइन् । यसलाई एउटा उद्योग मात्रै नभई फोहोरलाई व्यवस्थित बनाउने अभियान पनि चलाउने उनले बताइन ।
यसबाहेक कम्पनीले विद्यालय गएर फोहोरको व्यवस्थापन गर्न सिकाउन थालेको छ । विद्यार्थी र संकलकबीच फोहोर संकलन र व्यवस्थापन प्रक्रियाबारेमा अन्तरक्रिया गराउने गरिएको छ । उनले भनिन्, ‘यसो गर्दा विद्यार्थीले फोहोरको व्यवस्थापनबारे प्रत्यक्ष रूपमा जान्न पाउँछन् । संकलक दाइहरू पनि आफ्ना अनुभव र ज्ञान सिकाउँदा खुशी हुने गर्नुभएको छ।’

सन् २०१७ देखि अग्रणी रिसाइकलिंग कमपनीले ३५ लाख किलो फोहोर डम्पिंगबाट बचाएर दिगो समाधान गरेको अनुभब र प्रभाव कम्पनीले बोकेको छ । कम्पनीले जनाए अनुसार देशभर तीन हजार टन फोहोर डम्पिंग साइटमा पुग्छ । त्यसमध्ये ४० देखि ६० प्रतिशत फोहोर पुन प्रयोग गर्न मिल्ने सामाग्री रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं उपत्यकामा मात्रै यस्तो फोहोर संकलन गर्नका लागि ३० हजारले रोजगारी पाइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीको स्थापनाताका दैनिक मुस्किलले १५ वटासम्म दैनिक अर्डर आउने गरेकोमा अहिले भने औसतमा दैनिक ३० वटासम्म पुग्ने गरेको कम्पनले जनाएको छ । क्याफे, विद्यालय, कलेज, होटल, रेष्टुरेन्ट, अफिसदेखि दुतावाससम्मबाट नियमित अर्डर आउने गरेको छ । कम्पनीसँग आवद्ध हुने कवाडी संकलक पनि बढ्दै गएका छन् । हाल कम्पनीसँग १५० जना संकलक जोडिएका छन्, पहिले १० जनामात्र थिए ।
प्रकाशित: २८ कार्तिक २०८२ १९:५८ शुक्रबार





