२३ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

पर्यटन प्रवर्द्धनमा प्रचारात्मक कार्यक्रममा जोड

विश्वविख्यात आरोही मिङ्मा ग्याल्वो शेर्पाले सगरमाथा नेपालीको गौरव र पहिचान भएकाले यसबारेमा विश्वभर प्रचार गर्न सकिएमा मात्रै पर्यटक आवागमनमा वृद्धि ल्याउन सकिने बताएका छन्।

एएमएस ग्लोबल हिमालय फाउन्डेसनले आगामी मे २९ मा काठमाडौँमा आयोजना गर्न लागेको एभरेष्ट टुरिज्म एवार्ड र वल्ड पिस समिटबारे उद्यमी, व्यवसायी जानकारी दिन यहाँ आयोजित कार्यक्रममा उनले पर्यटन क्षेत्रमा लगानी बढाउन पनि यस किसिमका कार्यक्रमहरूको आयोजना गर्नु आवश्यक रहेको बताए।

फाउन्डेसनकी संस्थापक अध्यक्ष सत्यकला तामाङ लामाले नेपालको लोक कला, संस्कृति, पर्यटनका बारेमा विश्वभर जानकारी गराउन विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरूको आयोजना गर्ने क्रममा आगामी मे महिनामा काठमाडौँमा विश्वका ३० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागितामा एभरेष्ट टुरिज्म एवार्ड र वल्ड पिस समिटको आयोजना गर्न लागिएको बताए।

उनका अनुसार फाउन्डेसनले जापान फिलिपिन्स, चीन, युएई, क्यानाडा, माल्दिभ्स, सुडान लगायतका देशका नेपाली संस्कृति, कला, सङ्गीत, भाषासँगै पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरू भएका छन्।

कार्यक्रममा पर्यटन व्यवसायीहरू जिम्बाज्याङ्वु शेर्पा, दामोदर घिमिरे, मिङ्मादोर्जे शेर्पा, असिम राई, पत्रकार ऋषि धमला लगायतका वक्ताहरूले पनि मुलुकको आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकासमा जोड दिए।  

प्रकाशित: २२ चैत्र २०८२ १२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App