२३ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

सदनमा अनुहार परिवर्तन भयो, अब शैली र परिणाम परिवर्तन हुनुपर्छ: सांसद बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा बोल्दै जनताको अपेक्षा ठूलो रहेको बताएका छन् ।

उनले जनताले आफूहरूलाई ठूलो जिम्मेवारीसहित सदनमा पठाएको उल्लेख गर्दै अब केवल अनुहार मात्र परिवर्तन नभई काम गर्ने शैली र परिणाम पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

‘हामी माथि ठूलो भारी बोकाएर जनताले पठाउनु भएको छ । यो सदन अहिले अनुहार मात्रै परिवर्तन भएको छैन । यो सदनमा धेरै कुराहरू परिवर्तन गर्ने सदस्यहरू उपस्थित छौं,’ उनले भने ।

सांसद बुर्लाकोटीले वर्तमान संसदले जनताको विश्वास कायम राख्दै ठोस परिवर्तनतर्फ अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित: २३ चैत्र २०८२ १३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App