गाईघाट–जलजले सडक खण्डमा स्कुटरबाट लडेर घाइते भएकी एक वृद्धाको उपचारको क्रममा मृत्यु भएको छ। शुक्रबार दिउँसो ३ बजे त्रियुगा नगरपालिका–६ कुमारी चोकमा स्कुटरबाट लडेर घाइते भएकी ५८ वर्षीया गंगीयादेवी साहको मृत्यु भएको हो।
गंगीयादेवी पती सिरहाको सुखीपुर नगरपालिका–८ का जगरनाथ साह सुडीसँग यात्रा गरिरहेकी थिइन। जगरनाथले चलाएको स्कुटरको पछाडि बसेकी उनी अचानक लडेर घाइते भएकी थिइन्।
शरीरका विभिन्न भागमा चोटपटक लागेर घाइते भएकी उनलाई सुरुमा जिल्ला अस्पताल उदयपुरमा उपचार सम्भव नभएपछि विराटनगर पठाइएको थियो। जहाँ विराट टिचिङ अस्पतालमा उपचार गर्दै गर्दा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
प्रकाशित: २४ श्रावण २०८२ १९:०८ शनिबार





