२६ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

घर जाँदै गरेका बृद्धको चट्याङले मृत्यु

होटलबाट घर हिडेका त्रियुगा नगरपालिका ९ राजाबासका एक बृद्ध बाटैमा मृत भेटिएका छन् । शुक्रबार साँझ चुहाडेस्थित होटलबाट घर जाने भनेर हिडेका चुडाबहादुर खड्का घरनजिकै मृत भेटिएका हुन् ।  

६२ वर्षीय खड्का घरदेखि ७ सय मिटर टाढा बाटैमा मृत अवस्थामा भेटिएको प्रहरीले ज नाएको छ । साँझ परेपछि घर जान्छु भनेर होटलबाट निस्केका उनी राति अवेरसम्म घर परिवारसँग सम्पर्कमा नआएपछि खोजी गरिएको थियो ।  

आफन्तले खोज्ने क्रममा घरदेखि उत्तरतर्फको भित्री गोरेटो बाटोमा खड्का मृत अवस्थामा फेला परेको आफन्तलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । स्थानीय चौकी र जिल्ला प्रहरी कार्यालयको टोली शनिबार घटनास्थल पुगे सर्जमिन मुचुल्का र आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल उदयपुर ल्याइएको थियो ।  

दिउसो पोस्टमार्टम गरि शव अन्तयष्टिका लागि आफन्तको जिम्मा लगाईसकिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार राति वर्षासँगै परेको चट्याङले खड्काको निधन भएको बलियो आशंका प्रहरीलाई छ ।  

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चिरञ्जीवी थापाले बताएका छन् ।

प्रकाशित: २६ वैशाख २०८३ १९:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App